Rule 112
कम्पनीको स्थापना र व्यापार व्यवसाय तथा निजी प्राक्टिस गर्न स्वीकृति लिनु पर्ने
ऐनको दफा ५९ बमोजिम कुनै बैंक वा कम्पनीको स्थापना, रजिष्ट्रेशन वा
संचालनको काममा भाग लिन, कुनै व्यापार वा व्यवसाय गर्न वा निजी प्राक्टिस गर्न वा
अन्यत्र कुनै प्रकारको सेवा स्वीकार गर्न चाहने अधिकृत तहका कर्मचारीले मन्त्रालयबाट र
सहायक तहका कर्मचारीले विभागीय प्रमुखबाट स्वीकृति लिनु पर्नेछ ।